२०८३ बैशाख १४ गते , सोमबार

अनलाइन जुवा खेलिरहेका ११ जना पक्राउ

sajilo news
झापा
२०७९ असार १४ गते , मंगलबार
अनलाइन जुवा खेलिरहेका ११ जना पक्राउ

प्रहरीले अनलाइन जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका ४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका ९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्यापटप, ५ थान कम्प्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।  हाल फरार कुलदीप पाठकको खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार