२०८३ बैशाख १४ गते , सोमबार

दमकमा ब्राउन सुगरसहित तीन जना पक्राउ

sajilo news
झापा
२०७९ असार १४ गते , मंगलबार
दमकमा ब्राउन सुगरसहित तीन जना पक्राउ

झापाको दमक नगरपालिका –५ गोर्खाली टोलबाट लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका –५ बस्ने २६ वर्षीय प्रकाश राई, २६ वर्षीय प्रवेश राई र ३० वर्षीय भानुभक्त सुन्दास रहेका छन् । 

प्रकाश राईको घरमा ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट डिजिटल तराजुसहित १ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको जनाइएको छ । 

 

सम्बन्धित समाचार