२०८३ बैशाख ४ गते , शुक्रबार

भारतको सिक्किममा पहिरोमा पुरिएर आमा र दुई छोराको घटनास्थलमै मृत्यु

sajilo news
झापा
२०७९ असार १४ गते , मंगलबार
भारतको सिक्किममा पहिरोमा पुरिएर आमा र दुई छोराको घटनास्थलमै मृत्यु

भारतको सिक्किममा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेहरूमा सिक्किमको रोङ्गेस्थित दोकान डाँडा निवासी २७ वर्षीया पोमा शेर्पा, उनका ८ वर्षीय छोरा आयुस र ८ महिनाका छोरा आरुष रहेको सिक्किम प्रहरीले जनाएको छ । घरमा सुतिरहेका उनीहरूमाथि सोमबार मध्य राति पहिरो खस्दा घटनास्थलमै मृत्यु भएको थियो । पोमाका श्रीमान् गाडी चालक रहेकोले सोमबार बिहान सिलगुढी गएका थिए । घटना हुँदा घरमा श्रीमती र दुई छोरा मात्र रहेको स्थानीयले बताएका छन् । घटना थाहा पाए लगतै घटनास्थल पुग्दा उनीहरूको मृत्यु भइसकेको स्थानीय सौगोतिया भुटियाले बताइन् । त्यहाँ अत्यधिक पानी पर्ने भएकोले पहिरोको उच्च जोखिम रहेको स्थानीयहरूको भनाई छ ।  

सम्बन्धित समाचार