२०८३ बैशाख ४ गते , शुक्रबार

भारतको बिहारमा गुडिरहेको रेलमा आगलागी भएपछि...

sajilo news
एजेन्सी
२०७९ असार १९ गते , आईतबार
भारतको बिहारमा गुडिरहेको रेलमा आगलागी भएपछि...

भारतको बिहारमा गुडिरहेको एउटा रेलमा आगलागी भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको सीमावर्ती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आइतबार बिहान आगलागी भएको हो । तर रेलमा आगलागी भएता पनि मानवीय क्षति भने भएको छैन् ।

भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बामा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । सोही रेलको इन्जिनमा आगलागी कसरी भयो भन्ने कारण भने खुलिसकेको छैन् ।

सम्बन्धित समाचार