२०८३ बैशाख ६ गते , आईतबार

झापामा असारे बजेट सक्ने चटारो, रातभर कालोपत्रे गरेको सडक बिहान उप्काउन लगाइयो

sajilo news
झापा
२०७९ असार २६ गते , आईतबार
झापामा असारे बजेट सक्ने चटारो, रातभर कालोपत्रे गरेको सडक बिहान उप्काउन लगाइयो

असारे बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ । झापाको कनकाई नगरपालिका- ३ मा शनिवार रातभर गरेको सडक कालोपत्रेको काम गुणस्तरहीन भएको पाइएपछि स्थानीयको चर्को विरोधपछि निर्माण कम्पनीले बिहानै कालोपत्रे उप्काएको छ  ।

झमझम पानी परेको वेला कमसल सामाग्री प्रयोग गरे निर्माण कम्पनीले रातको समयमा कालोपत्रे गरेको थियो । बिहान उठेर स्थानीयले खबरदारी गरेपछि निर्माण व्यवसायीले हाम्रो गल्ती भयो भनेर बनाइसकेको कालोपत्रे उप्काउन थालेको स्थानीयले बताएका छन ।

कनकाई नगरपालिका ३ सुुरुङ्गा खोला पुल हुँदै कनकाई नगरपालिका ४ को सीमासम्मको १९ सय मिटर पंञ्चायात मार्ग यही असार मसान्तमा सक्ने गरी एसए एस कन्स्ट्रक्सन  प्रालि विराटनगरले ३ करोड ४१ लख २१ हजार ८ सय ७९ रुपैयाँमा ठेक्का पारेको हो ।

सहरी विकास तथा भवन निर्माण कार्यालयले लगाएको उक्त ठेक्काको हाल काम अन्तिम अवस्थामा पुगेको छ । बनिसकेको करिब ५ सय मिटर पिच कनकाई ३ को कनकाई टोल र टप्पु खण्डको ठेकेदार कम्पनीले पुन भत्काएको हो । सो क्षेत्रमा पुन पिच गर्ने ठेकेदार कम्पनीले बताएको छ । हतारोमा राती काम गर्ने क्रममा कमसल काम गर्न थालेपछि स्थानीयको विरोधपछि ठेकेदार कम्पनीले बनिसकेको रोड समेत भत्काएको स्थानीयको भनाई छ ।

कमसल काम गर्न खोज्दा जनताको विरोध गरेपछि ठेकेदारले पुन काम गर्नुपरेको स्थानीय शेरबहादुर थापाले बताए । उक्त सडकको स्थानीय पेटी ठेकेदार भने मिराकहाङ्ग निर्माण सेवा सुरुङ्गा रहेको बुझिएको छ  । उक्त निर्माण सेवा नेपाली काँग्रेस झापाका पार्टी सभापति देउमान थेबेको छोरा सञ्जीव थेबे हुन ।

सम्बन्धित समाचार