२०८३ बैशाख ७ गते , सोमबार
अब १५ दिनमै सरकारी कर्मचारीलाई तलब
सरकारी कर्मचारीले अब १५ दिनमै तलब-भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीलाई १५-१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो।
वैशाख ४ गतेको निर्णयमा मासिक रूपमा दिइँदै आएको तलबलाई अर्धमासिकरूपमा भुक्तानी गर्ने परिपाटीको सुरुवात गर्ने उल्लेख छ।
