२०८३ बैशाख ६ गते , आईतबार
ट्रकसहित ३० लाखको कपडा बरामद
भन्सार छलेर नेपाल भित्राएको ३० लाखको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (आरआइटी)बाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान २ बजे सुनसरी देवानगन्ज गाउँपालिका- ७ स्थित पक्की टोलबाट सो मुल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।
प्रहरीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी कपडा ल्याउँदै गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्न बित्तिकै चालक फरार रहेकोले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको लत्ताकपडा र गाडीलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय कोश ब्यारेज पठाएको प्रहरीले जनाएको छ ।