२०८३ बैशाख १४ गते , सोमबार

आज साउन महिनाको पहिलो सोमबार,  शिवालयमा श्रद्धालुको घुइँचो

sajilo news
झापा
२०७९ श्रावण २ गते , सोमबार
आज साउन महिनाको पहिलो सोमबार,  शिवालयमा श्रद्धालुको घुइँचो

साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेको धनेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ।

पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।  शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ।  यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ। ​फाइल तस्बिर

सम्बन्धित समाचार