२०८३ बैशाख ६ गते , आईतबार
मेची भन्सारको मिलेमतोमा भटमासको दाना जाँचपास गर्दा ८२ लाख राजश्व छली
मेचीनगर । मेची भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट मिलेमतोमा जाँचपास गरी ८२ लाख भन्सार महसुल छली गरिएको महालेखा परीक्षकको कार्यालयले खुलासा गरेको छ । कार्यालयले दाना आयात गर्दै आएका पैठारीकर्ताहरूबाट उक्त ८२ लाख भन्सार महसुल रकम असुल गर्न समेत निर्देशन दिएको छ ।
उक्त कुरा महालेखा परीक्षकको हालै सार्वजनिक ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । दाना तथा पशुपक्षी उद्योगीहरूले भारतबाट आव २०७८/०७९ मा भटमासको दाना आयात गर्दा कानुन बमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको प्रतिवेदनमा जनाइएको छ । घटी भएको भन्सार महसुल ८२ लाख ११ हजार रुपैयाँ असुल गर्न प्रतिवेदनमा स्पष्ट निर्देशन दिइएको छ ।
