२०८३ बैशाख ६ गते , आईतबार
नियमावली विपरीत काम गराउँदै भद्रपुर नगरपालिका, मेची रंगशालाको प्याराफिट निर्माणको कामप्रति महालेखाले उठायो प्रश्न
झापाको भद्रपुर नगरपालिकाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ विपरित उपभोक्ता समिति मार्फत काम गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
सो व्यवस्था अनुसार १ करोडभन्दा बढिको लागत अनुमान भएको काम उपभोक्ता समिति मार्फत गर्न पाइने छैन । भद्रपुर नगरपालिकाले लागत अनुमान १ करोड ३१ लाख ९२ हजार रहेको मेचीरंगशालाको प्याराफिट निर्माण कार्यमा गत वर्ष समेत उपभोक्ता समितिलाई रु १ करोड १६ लाख ८९ हजार भुक्तानी गरेको महालेखको प्रतिवेदनमा उल्लेख छ । त्यति मात्र होइन, नगरपालिकाले यसअघि पनि नालासहित सडक विस्तार निर्माण कार्य उपभोक्ता समितिमार्फत गराएको थियो । सो सडक विस्तार कामको लागत एक करोड बढी थियो ।