२०८३ बैशाख ४ गते , शुक्रबार

भारतमा कोरोनाले एकै दिन ६० जनाको मृत्यु

sajilo news
झापा
२०७९ श्रावण ८ गते , आईतबार
भारतमा कोरोनाले एकै दिन ६० जनाको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका २१ हजार ८८० नयाँ संक्रमित थपिएका छन्  । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भइसकेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोरोनाका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलव ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलव ४६ प्रतिशत छ।

सम्बन्धित समाचार