२०८३ बैशाख १० गते , विहीबार

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

sajilo news
एजेन्सी
२०७९ श्रावण १३ गते , शुक्रबार
भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको एउटा लडाकु विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ।  गएराति दुर्घटनाग्रस्त भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। 

विमानमा दुई जना पाइलट सवार रहेको र दुवै पाइलटको मृत्यु भएको वायु सेनाप्रमुख एयर चीफ मार्शल वीआर चौधरीले पुष्टि गरेका छन्।  वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ। एएनआईका अनुसार भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएका दुवै पाइलटको मृत्युमा शोक व्यक्त गरेको छ।

सम्बन्धित समाचार