२०८३ बैशाख ७ गते , सोमबार

गौरीगञ्ज नाकामा मौलायो तस्करी, ३१ बोरा चिनी बरामद

sajilo news
झापा
२०७९ श्रावण २९ गते , आईतबार
गौरीगञ्ज नाकामा मौलायो तस्करी, ३१ बोरा चिनी बरामद

झापाको गौरीगञ्ज नाकामा तस्करी मौलाएको छ । सोही नाकाबाट अवैध रुपमा भन्सार छलेर ३३ पोका नक्कली कपाल बरामद गरेको घटना सेलाउन नपाउँदै प्रहरीले ३१ बोरा चिनी बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका ५ स्थित फत्तेपुर जनता टोलको एक घरको ग्वालीमा लुकाइछिपाई राखेको अवैध चिनी आइतबार इलाका प्रहरी कार्यालय गौरीगञ्जले बरामद गरेको हो । कसको घरमा चिनी बरामद गरिएको भन्ने बारे प्रहरीले सार्वजनिक गरेको छैन ।

चिनी भारतीय बजारबाट भन्सार छलेर भित्राइएको प्रहरीको भनाई छ । बरामद गरिएको चिनी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।  सशस्त्र प्रहरीले गत बुधवार बेलुका करिब ८ बजे गौरीगञ्ज–पाडाजुंगी सडक खण्डअन्तर्गत गौरादह– ७ स्थित गुवालडुब्बामा गौरीगञ्जबाट आइरहेको ना ७ ख २१९६ नम्बरको कन्टेनर शङ्का लागि चेकजाँच गर्दा कन्टेनरभित्र ३३ पोका नक्कली कपाल बरामद गरेको थियो । सोही नाकाबाट भित्रिएको करिब २९ लाखको कपाल बरामद गरी कन्टेनरसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाएको थियो । 

सम्बन्धित समाचार