२०८३ बैशाख ७ गते , सोमबार

दशैँ व्यापार प्रवर्धन मेला आइतबारदेखि

sajilo news
रासस
२०७९ भाद्र ४ गते , शनिबार
दशैँ व्यापार प्रवर्धन मेला आइतबारदेखि

झापा । स्वदेशी उत्पादनलाई प्रवर्धन ​गर्न पाँचौं दशैँ जुत्ता चप्पल व्यापार प्रवर्धन ​मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ता चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिए ।
मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ ।    

सो एशोसिएसनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ता चप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ । मेला १५ दिनसम्म चल्ने छ ।

सम्बन्धित समाचार