२०८३ बैशाख ७ गते , सोमबार

भन्सार छलेर नेपाल भित्राइएको १२ लाखको कपडा र जुत्ता बरामद

sajilo news
झापा
२०७९ भाद्र ४ गते , शनिबार
भन्सार छलेर नेपाल भित्राइएको १२ लाखको कपडा र जुत्ता बरामद

भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवैध सामान प्रहरीले बरामद गरेको छ ।  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राती ८ बजे विराटनगर महानगरपालिका- १५ मा बीआर ३८ ए ३२८७ नम्बरको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा करिब १२ लाख मुल्य बरावरको विभिन्न किसिमका कपडा तथा जुत्ताहरू बरामद गरेको हो । अवैध सामान बरामद भएसगैं ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार