२०८३ बैशाख ७ गते , सोमबार

उखुबारीबाट ४ लाख बढीको लत्ताकपडा बरामद

sajilo news
झापा
२०७९ भाद्र १० गते , शुक्रबार
उखुबारीबाट ४ लाख बढीको लत्ताकपडा बरामद

इलाका प्रहरी कार्यालय रानी विराटनगरले भारतबाट तस्करी गरी नेपाल भित्राइएको लत्ताकपडा बरामद गरेको छ । विराटनगर १६ दरैयाको उखुबारीमा लुकाइ राखेको अवस्थामा प्रहरीले कपडा बरामद गरेको हो ।

भारतबाट नेपाल तर्फ लुकाई छिपाई तस्करी गरी ल्याएको कपडा दरैयाँको उखुबारीमा लुकाएको राखेको विशेष सुराकीको आधारमा ईप्रका रानीबाट खटिएको टोलीले ४ लाख ३४ हजार ६ सय मूल्य बराबरको कपडा बरामद गरेको जनाइएको छ । 

प्रहरीले लेडिज जामा ४१ पिस, लेडिज लेगिज ८० पिस, नर्मल साडी ९९ पिस, साडी ५५ पिस, थानको कपडा ९४ थान, बुटिक सामान ७२ थान , थानको साडी १७ पिस बरामद गरेको हो । बरामद गरेको कपडा आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

सम्बन्धित समाचार