२०८३ बैशाख १० गते , विहीबार

विष्फोट गरेर ढालियो भारतको गगनचुम्बी एपेक्स र केएन ट्विन टावर

sajilo news
एजेन्सी
२०७९ भाद्र १२ गते , आईतबार
विष्फोट गरेर ढालियो भारतको गगनचुम्बी एपेक्स र केएन ट्विन टावर

दिल्ली । भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३एमा रहेको प्रसिद्ध  एपेक्स र केएन ट्विन टावर विष्फोट गरि ढालिएको छ। आइतबार दिउँसो भारतीय समय २३० मा सो विष्फट गरिएको हो। विष्फोटपछि केही सेकेन्डमा दुवै टावर धवस्त भएका छन्। टावर भएको स्थान वरिपरि धुवा फैलिएको छ। विष्फोटले आसपासका क्षेत्रमा रहेका भवनमा क्षति भए(नभएको भने एकिन भइसकेको छैन। 

नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर करिब ३७०० किलो बारूदले ध्वस्त पारेको हो । एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो।  यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ।

भारत हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हो। मानिसको सुरक्षालाई ध्यानमा राख्दै यी भवन नजिक रहेका मानिसहरूलाई घर खाली गर्न पनि भनिएको थियो । ती भवनलाई अवैध भएर भत्काउन लागिएको हो। टावरहरू इम्प्लोसन टेक्नोलोजीको प्रयोग गरेर भत्काइएको हो। सो टेक्नोलोजीबाट केही सेकेन्डभित्र नै भवन भत्किएको छ।

अगस्ट २०२१ मा भारतको सर्वोच्च अदालतले ट्विन टावरहरू भत्काउन आदेश दिएको थियो।  यी टावर भत्काउनको लागि नजिकैका दुई सोसाइटीका करिब पाँच हजार बासिन्दाले घर खाली गरेका छन् ।  ट्विन टावर भएको ५००  मिटर भित्र कुनै पनि व्यक्तिलाई बस्न अनुमति दिइएको छैन।  

सम्बन्धित समाचार