२०८३ बैशाख ७ गते , सोमबार

आयात प्रतिबद्ध खुलाउँदै सरकार

sajilo news
पत्रपत्रिका
२०७९ भाद्र १५ गते , बुधबार
आयात प्रतिबद्ध खुलाउँदै सरकार

झापा । अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन्। तर यही सुधारको तथ्यांकलाई देखाएर स्वार्थी समूहले आयातमा लाग्दै आएको प्रतिबन्ध खुकुलो बनाउन गरेको लबिङ आंशिक रूपमा सफल भएको छ।
सरकारले गत वैशाख दोस्रो सातादेखि १० वटा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। जसमध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध सरकारले हटाएको छ भने ४ वटामाथिको प्रतिबन्ध कायम राखेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले महँगा सवारीसाधन, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो। यस्तै ३४ इन्चभन्दा माथिका रंगिन टेलिभिजन, हीरा, चुरोट तथा सुर्तीजन्य वस्तु, कुरकुरे,कुरमुरेरलेज,खेलौना एवं तासको आयात खुला गरिएको छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले आयातमा रोक लगाइएका १० वटा वस्तुमध्ये ६ वटा ल्याउन खुला गरिएको बताए। उनले अझै चारवटा वस्तु आयातमा प्रतिबन्ध कायमै राखेको जानकारी दिए।

सम्बन्धित समाचार