२०८३ बैशाख ७ गते , सोमबार

३७ लाखको मोटर पार्टससहित ट्याक्टर नियन्त्रणमा

sajilo news
झापा
२०७९ भाद्र १५ गते , बुधबार
३७ लाखको मोटर पार्टससहित ट्याक्टर नियन्त्रणमा

मोरङ प्रहरीले भन्सार छलेर नेपाल भित्राएको ठुलो परिमाणको मोटर पार्टस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मङ्गलवार राती साढे ८ बजे विराटनगर महानगरपालिका- १२ रोडशेस चोकमा चेक जाँच गर्ने क्रममा बीआर ७ के १७२४ नम्बरको भारतीय नम्बर प्लेटको ट्याक्टरमा करिब ३७ लाख मुल्य बरावरको विभिन्न प्रकारका मोटर पार्टस बरामद गरेको हो ।

अवैध रुपमा भन्सार छलेर नेपाल भित्राउँदै गरेको अवस्थामा सो ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गरिएको मोटर पार्टस, ट्याक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार