२०८३ बैशाख ७ गते , सोमबार

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची 

sajilo news
झापा
२०७९ भाद्र १६ गते , विहीबार
भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची 

भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। अंग्रेजी महिलाको पहिलो दिन भारतले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो।

भारतको नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १.३९ रुपैयाँ र डिजेलको प्रतिलिटबर ६.१२ रुपैयाँ बढाइएको छ। यो मूल्य निगमले आजदेखि नै तिर्नुपर्ने हुन्छ। नयाँ मूल्य सूचीसँगै पेट्रोलमा दुई रुपैयाँ नाफा घटेको छ भने डिजेलमा १२ रुपैयाँ नोक्सानी हुने नेपाल आयल निगमले जनाएको छ। त्यस्तै हवाइ इन्धनमा समान्य मूल्य बढाइएको छ भने ग्यासको मूल्य प्रतिसिलन्डर एक रुपैयाँले घटेको छ। 

नेपालमा हालः पेट्रोलको मूल्य १८१, डिजेल र मट्टितेलको मूल्य १७२ र ग्यास प्रतिसिलिन्डर १८ सय रहेको छ। 

सम्बन्धित समाचार