२०८३ बैशाख ७ गते , सोमबार

दुर्गा पुजाको स्टेजमा लडेर भारतीय गायकको निधन

sajilo news
एजेन्सी
२०७९ आश्विन १८ गते , मंगलबार
दुर्गा पुजाको स्टेजमा लडेर भारतीय गायकको निधन

भारतको उडीसाका चर्चित गायक मुरली महापात्राको निधन भएको छ । मुरली उड़ीसाका प्रसिद्ध गायक थिए । उनको उडीसाको कोरापुट जिल्लामा दुर्गा पुजाको कार्यक्रम गरिरहेको बेला निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । कार्यक्रम गरिरहँदा उनी एक्कासी स्टेजबाट लडेका थिए ।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो, तर चिकित्सकहरुले अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषित गरेका थिए । दुर्गा पुजाका क्रममा उनी केही गीत गाएर कुर्सीमा बसेर अन्य गायकहरूले गाएको सुनिरहेका थिए । त्यसै क्रममा मुरली अचानक स्टेजमा लडेर बेहोस भएका थिए । मुरलीको मृत्युको खबरले गीत संगित क्षेत्रका सबैलाई स्तब्ध बनाएको भारतीय संचार माध्यमले जनाएका छन् । उनलाई अक्षय मोहन्ती भनेर पनि चिनिन्थ्यो । आफ्नो गायन करियर सुरु गर्नु अघि उनी उडीसाको जयपुर शहरमा सब कलेक्टरको रूपमा काम गर्थे ।

सम्बन्धित समाचार