२०८३ बैशाख ७ गते , सोमबार
पत्रकार उपचार कोषमा ६० लाख
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६० लाख रकम जुटिसकेको छ । महासंघ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् ।
कोषको रकम एक करोड पुर्याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम संकलन गरिरहेको महासंघ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए।
उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा २५ हजार सहयोग गरेका छन्।