२०८३ बैशाख १० गते , विहीबार

गुडिरहेको बसमा आगलागी, ११ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ आश्विन २२ गते , शनिबार
गुडिरहेको बसमा आगलागी, ११ जनाको मृत्यु

भारत । भारतको महाराष्ट्रमा गुडिरहेको बसमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ।  भारतीय सञ्चारमाध्यमका अनुसार नासिक–औरंगाबाद मार्गको नान्दुर्नाका भन्ने स्थानमा गएराति बसमा आगलागी भएको हो। नासिक प्रहरीले पनि यो घटनाको पुष्टि गरेको छ। 

नासिक प्रहरीका अनुसार घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। तर उनीहरूको संख्या खुलाइएको छैन। धेरै मानिस जलेका कारण मृत्यु हुनेको संख्या बढ्ले अनुमान गरिएको छ।  बस यवतमालबाट मुम्बई जाँदै थियो। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार