किभ आक्रमणपछि रूसको चौतर्फी विरोध
किभ । संयुक्त राज्य अमेरिका र जी ७ शक्तिहरूले युक्रेनमा रूसले भर्खरै गरेको बम विष्फोटको बारेमा मंगलबार आकस्मिक वार्ता गर्ने भएका छन्।
बेलायती प्रधानमन्त्री लिज ट्रसले युक्रेनको समर्थनमा डगमगाउन नहुने बताइन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई आफ्नो देश हुन सक्दैन भनी चेतावनी दिएपछि यस महिनामा पहिलो पटक रूसी क्षेप्यास्त्रले युक्रेनको राजधानीमा आक्रमण गरेको एक दिनपछि बैठक भएको जनाइएको छ। रूसी सेनाले सोमबार युक्रेनका शहरमा ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जानकारी दिएको छ।
युक्रेनले क्रिमिया प्रायद्वीपलाई रूससँग जोड्ने प्रमुख पुललाई बम विस्फोट गराएर क्षति पुर्याएपछि बदला स्वरूप ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ। युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आक्रमणले रूसलाई लज्जित पार्ने बताए र सैन्य असफलतापछि रूस 'हतास' देखिएको बताए।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गम्भीर प्रतिक्रिया दिने चेतावनी दिएका छन्। सोमबार संयुक्त राष्ट्रसंघको महासभाको आकस्मिक बैठकमा रूसले आंशिक रूपमा कब्जा गरेका चार युक्रेनी क्षेत्रहरूलाई विलय गर्ने घोषणा गरेको बहस गर्न बोलाइएको बताइएको छ।
राष्ट्रसंघका लागि युक्रेनका स्थायी प्रतिनिधि राजदूत सेर्गी किस्लियसले रूसलाई ‘आतंकवादी राज्य’को संज्ञा दिएका छन्। उनले आफ्नै परिवारमाथि हमला भएको टिप्पणी गरे। 'दुर्भाग्यवश, तपाईंको वरपर अस्थिर र पागल तानाशाही रहुन्जेल तपाईंले स्थिर र विवेकी शान्तिको लागि आह्वान गर्न सक्नुहुन्नु,' उनले भने।