२०८३ बैशाख १० गते , विहीबार

पाकिस्तान : बसमा आगलागी हुँदा ८ बालबालिकासहित १८ को मृत्यु

sajilo news
एजेन्सी
२०७९ आश्विन २७ गते , विहीबार
पाकिस्तान : बसमा आगलागी हुँदा ८ बालबालिकासहित १८ को मृत्यु

पाकिस्तानको जामशोरो जिल्लामा बुधबार एउटा यात्रुवाहक बसमा आगलागी भएको छ। दुर्घटनामा ८ बालबालिकासहित १८ जना जिउँदै जलेका छन् भने कैयौँ घाइते भएका छन्। सबैलाई जामशोरो अस्पताल लगिएको छ।

जामशोरोका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक जावेद बलोचका अनुसार बस कराँचीबाट खैरपुर नाथन शाह फर्कँदै थियो। नूरियााबाद नजिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ। बसमा बसेका यात्रुहरू बाढीपीडित थिए र घर फर्कने क्रममा थिए। सबै मुगरी समुदायका थिए। दुर्घटनापछि तत्कालै उद्धार सुरु गरिएको थियो। शव र घाइतेलाई जामशोरोस्थित लियाकत विश्वविद्यालय अस्पताल लगिएको छ। आगलागीबाट बच्न केही यात्रुले बसबाट हाम फालेका थिए। बसमा करिब ३५ जना सवार रहेको बताइएको छ।

सम्बन्धित समाचार