२०८३ बैशाख ७ गते , सोमबार

मेचीनगरको बाहुण्डाँगीमा अलपत्र राइसिङ्ग पुल बन्ने

sajilo news
झापा
२०७९ आश्विन ३१ गते , सोमबार
मेचीनगरको बाहुण्डाँगीमा अलपत्र राइसिङ्ग पुल बन्ने

मेचीनगर । विगत लामो समयदेखि निर्माण हुन नसकिरहेको झापाको मेचीनगर ४ स्थित बाहुण्डाँगीमा पर्ने राइसिङ्ग पुल अब भने बन्ने भएको छ । 

पुल नबन्दा सर्वसाधारणलाई समस्या भएको भन्दै निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीलगायतको टोली आज पुल निर्माण स्थलमा नै पुगेर डिई रमेशकुमार श्रेष्ठ , सम्बन्धी वडा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, २ का वडाध्यक्ष दीपक बराल,  ४ का वडा सदस्य पवन बराइली, सरोकारवाला निकाय, ठेकेदार, स्थानीयवासी एकै ठाउँमा उपस्थित भएर पुल निर्माण कार्य तत्काल बढाउने भएको छ ।प्रदेश सरकारको तर्फबाट पुल निर्माणका लागि ठेक्का लागि ठेकेदारले निर्माण कार्य समेत सुरु गरेको भएता पनि त्यसले निरन्तरता नपाउँदा अहिलेसम्म पुलको जग समेत उठ्न  सकिरहेको छैन ।

त्यसको तत्काल निर्माण कार्य अगाडि बढाइ सर्वसाधारणलाई सहज रूपमा आवतजावतमा गर्ने वातावरण मिलाउन ठेकेदार कम्पनीलाई भनिसकेको  निवर्तमान प्रदेश सांसद मैनाली बताउँछन् ।निर्माण कम्पनी सफल विल्डर्सले समयमा निर्माण कार्य सम्पादन नगर्दा मेचीनगर वडा नम्बर २ र ४ का बासिन्दाले  आवतजावतमा समस्या झेल्नु परिरहेको मेचीनगर प्रमुख बुढाथोकी बताउँछन् । विगतमा जे कारणले पुल निर्माणमा ढिलाइ भएको भएता पनि अब भने त्यस्तो छुट निर्माण कम्पनीलाई नरहेको उनले बताए । 

त्यस्तै उपप्रमुख उप्रेतीले नागरिकको दैनिकी सँग प्रत्यक्ष जोडिएको व्यस्त सडक मध्येको यो पुल निर्माण सम्पन्न हुँदा सबैलाई आवतजावतमा सहज हुने बताइन् । तत्कालीन प्रदेश सांसद  मैनालीको पहलमा प्रदेश सरकारबाट विनियोजित ७ करोडको बजेटमा ठेक्का लागि निर्माण कार्य समेत सुरु गरेको भएता पनि कोरोना भाइरसले समयमा पुल बन्न नसकेको ठेकेदार टंक गजुरेल बताउँछन् । उनले अब निर्माण कार्य तत्काल अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दै ७० लाखको रड लिइ सकेको बताए ।

सम्बन्धित समाचार