२०८३ बैशाख १० गते , विहीबार

विद्यालयमा आगलागी, ११ बालबालिकाको मृत्यु

sajilo news
रासस
२०७९ कार्तिक ९ गते , बुधबार
विद्यालयमा आगलागी, ११ बालबालिकाको मृत्यु

कम्पाला । मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे ‘स्कुल अफ द ब्लाइन्ड’मा यो दुखद् घटना भएको हो । आगलागीको कारण हालसम्म थाहा भएको छैन् । तर आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।  किसोगामा रहेको हेरोना अस्पतालमा गम्झीर अवस्थामा रहेको ती ६ जनाको उपचार भइरहेको प्रहरीद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।  
युगाण्डाका विद्यालयहरुमा बारम्बार आगलागी हुने गरेको पाइन्छ । गत जनवरीमा युगान्डाको राजधानी कम्पालाको एउटा विद्यालयमा आगलागी हुदाँ चार बालबालिकाको मृत्यु भएको थियो । सन् २०१८, मध्य युगान्डाको एक उच्च  माध्यामिक विद्यालयमा आगलागी हुदाँ कम्तीमा नौ विद्यार्थीको मृत्यु भएको थियो । 

सम्बन्धित समाचार