२०८३ बैशाख १० गते , विहीबार

बङ्गलादेशमा आँधीबाट मृत्यु २८ जनाको मृत्यु, लाखौं मानिस प्रभावित

sajilo news
एजेन्सी
२०७९ कार्तिक १० गते , विहीबार
बङ्गलादेशमा आँधीबाट मृत्यु २८ जनाको मृत्यु, लाखौं मानिस प्रभावित

ढाका । बङ्गलादेशमा 'सित्राङ' नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। सित्राङबाट लाखौँ मानिस प्रभावित भएका बताइएको छ।

आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएका अधिकारीले बुधबार जानकारी दिएका छन्। उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए। यसपछि सो आँधीबाट ज्यान जानेको सङ्खया २८ पुगेको बताइएको छ। 

बङ्गलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ। तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ। 

सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो। त्यस लगत्तै मानिसलाई यसले प्रभावित पारेको हो।  अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका थिए।

सो आँधीको गति ८० किलोमिटर (५५ माइल) प्रति घण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ। 

सम्बन्धित समाचार