२०८३ बैशाख १० गते , विहीबार

भारतको बिहारमा ग्यास सिलिण्डर विस्फोट, ३० जना घाइते

sajilo news
एजेन्सी
२०७९ कार्तिक १२ गते , शनिबार
भारतको बिहारमा ग्यास सिलिण्डर विस्फोट, ३० जना घाइते

नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन्। 

बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगञ्ज इलाकामा आगलागी भएको हो।

अधिकारीहरूका अनुसार विद्युत चुहावट भई सुरु भएको र पछि त्यहाँ रहेको ग्यास सिलिण्डर विस्फोट भएको थियो।

आगलागी पछि प्रहरी र दमकल विभागका अधिकारीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए। आगो निभाउने क्रममा सात जना प्रहरी र केही स्थानीयवासीसमेत घाइते भएका समाचारमा जनाइएको छ।

सम्बन्धित समाचार