२०८३ बैशाख १० गते , विहीबार
तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु
तान्जानियाको बुकोबा विमानस्थलमा अवतरण गराउने क्रममा एक यात्रुवाहक विमान लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने २६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
प्रेसिजन एयरको उक्त विमानमा कूल ४३ जना सवार थिए । विमानका दुई पाइलट भने दुर्घटनापश्चात् पनि सकुशल रहे पनि पछि मृत्यु भएको हुन सक्ने तान्जानियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।