२०८३ बैशाख १० गते , विहीबार

काँकडभिट्टा नाकाबाट एप्पल कम्पनीका १३ लाखको मोबाइल र घडी बरामद

sajilo news
झापा
२०७९ कार्तिक २७ गते , आईतबार
काँकडभिट्टा नाकाबाट एप्पल कम्पनीका १३ लाखको मोबाइल र घडी बरामद

मेचीनगरको काँकडभिट्टा नाकाबाट प्रहरीले करिब १३ लाख मुल्य बराबरको एप्पल कम्पनीका मोबाइल र घडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट एप्पल कम्पनीका २५ वटा पुराना आइफोन र एप्पल कम्पनीका १३ थान घडी बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको मोबाइल र घडी प्रहरीलाई देख्न साथ तस्करले छाडेर भागेका थिए । बरामद गरिएको मोबाइल ६ लाख २५ हजार र घडी ६ लाख ५० हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार