२०८३ बैशाख १० गते , विहीबार

प्रदेशका व्यवसायीले बुझाए राष्ट्र बैंक र मुख्यमन्त्री कार्यालयलाई १९ बुँदे  ज्ञापनपत्र

sajilo news
झापा
२०७९ कार्तिक २७ गते , आईतबार
प्रदेशका व्यवसायीले बुझाए राष्ट्र बैंक र मुख्यमन्त्री कार्यालयलाई १९ बुँदे  ज्ञापनपत्र

बैंकहरुले मनोमानी ढंगले वृद्धि गरेको ब्याजदरविरुद्ध प्रदेश नम्बर १ का उद्योगी–व्यवसायीले आज विराटनगरस्थित नेपाल राष्ट्र बैंक र मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को अगुवाइ प्रदेशभरिका संघ तथा संगठनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

महासंघ अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा प्रदेशका ३७ जिल्ला नगर संघले १९ बुँदे ज्ञापनपत्र बुझाएको अध्यक्ष ढकालले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को आह्वानअनुसार प्रदेशभरिका उद्योगी–व्यवसायी आन्दोलनमा छन् ।

उनीहरूले यसअघि मौन जुलुससँगै बैंकहरुलाई ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै, जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइसकेका छन् । ज्ञापनपत्र बुझाइसकेपछि भएको कोणसभालाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, महासंघ प्रदेश अध्यक्ष ढकाल, उपाध्यक्ष भीम पौडेललगायतले पछिल्लो समय बैंकहरुले ऋण लगानीमा मनोमानी ढंगले ब्याज बढाएर लाखौँ उद्योगी–व्यवसायीलाई सडकमा पुर्‍याउने काम गरेको बताए ।

उनीहरूले उद्योगी–व्यवसायीको यो मागप्रति सरकार र बैंकहरु उदासीन रहे कडा आन्दोलन गर्ने, आफ्ना उद्योग–प्रतिष्ठानका ताला चाबी–सरकार र सम्बन्धित बैंकहरुलाई जिम्मा लगाउने चेतावनी दिए ।

सम्बन्धित समाचार