२०८३ बैशाख ७ गते , सोमबार
गायिका समीक्षा अधिकारीले फेसबुकमा अब बाँच्न सक्दिन भनेर लेखेपछि...
गायनमा पुनः सक्रिय हुन थालेकी गायिका समिक्षा अधिकारीले मध्यरातमा ‘मलाई अति नै गाहो भयो अब बाँच्न सक्दिन’ भनेर लेखेपछि उनका फ्यानहरु दुखी भएका छन् ।
विभिन्न झमेलामा पर्दै आएकी समिक्षा पछिल्लो समय गायनमा जस्तै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । टिकटक भिडियो र नयाँ नयाँ तस्विर पोष्ट गर्दै आएकी समिक्षाले नकारात्मक प्रतिक्रियाको समाना गर्दै आएकी छिन् । उनका हरेक तस्विर र भिडियोमा एकथरी दर्शककले तल्लोस्तरको प्रतिक्रिया दिने गरेका छन् । यहि प्रतिक्रिया पनि उनका लागि तनाब हुने गरेको छ ।
हिजो मध्यरातको एउटा पोष्टले भने उनका तस्विरमा नकारात्मक प्रतिक्रिया गर्नेहरुलाई समेत झस्काएको छ । तर, उनले स्टाटस लेखेको केही समयमै उनले स्टाटरस डिलेट गरेकी थिइन् । उनको स्टाटसको स्कृन सर्ट सामाजिक सञ्जालमै भेटिएको छ ।