२०८३ बैशाख ७ गते , सोमबार

एसइईमा 'सी' प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको ग्रेडवृद्धिको परीक्षा दिनुपर्ने

sajilo news
झापा
२०७९ पौष ८ गते , शुक्रबार
एसइईमा 'सी' प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको ग्रेडवृद्धिको परीक्षा दिनुपर्ने

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड वृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनु पर्ने बताएको हो ।

२०७९ को वैशाख ९ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पूरक (ग्रेडवृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तीमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने कार्यालयले प्रस्ट पारेको हो । सोही आधारमा फारम भराउन आग्रह गरेको छ ।

मंसिरमा प्रकाशित २०७९ सालको एसइई परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भराउने विषयमा केही जिल्लाबाट अन्यौलता देखिएको थियो । पूरक परीक्षा दिनुपर्ने परीक्षार्थीको हकमा परीक्षा आवेदन फारामको सूचनाले उनीहरू द्विविधा परेपछि कार्यालयले एसइईमा सी प्लस ल्याउन नसकेका विद्यार्थीलाई सोही विषयको मात्र ग्रेड वृद्धिका लागि परीक्षा फाराम भराउन आग्रह गरेको हो । २०७९ सालको एसइई परीक्षामा समावेश हुने विद्यार्थीका लागि आवेदन फाराम खुलेको छ । यही पुस १० गतेभित्र फाराम भरिसक्नु पर्नेछ । यो वर्षको एसइई परीक्षा चैतको दोस्रो हप्तादेखि गर्ने कार्यपालिका बोर्डको छ ।

सम्बन्धित समाचार