२०८३ बैशाख ७ गते , सोमबार

‘द भ्वाइस अफ नेपाल’ को विजेता करण, झापाकी सविना फस्ट रनर अप

sajilo news
झापा
२०७९ पौष ९ गते , शनिबार
‘द भ्वाइस अफ नेपाल’ को विजेता करण, झापाकी सविना फस्ट रनर अप

 ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् । करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै टिम राजेशपायल राई समूहबाट झापा हल्दिवारी १ गोलधापकी सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएकी छन् भने टिम प्रमोद खरेलबाट बिर्तामोडका योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन् ।
त्यस्तै टिम प्रविशा अधिकारीबाट साहिल लिम्बू थर्ड रनरअप बनेका छन् । दर्शकहरुको भोटको आधारमा विजेता घोषित गरिएको थियो ।
 

सम्बन्धित समाचार