भारतमा बढ्यो कोरोना संक्रमण, दिल्लीमा भेटिए १९ संक्रमित
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा कोभिड-१९ संक्रमण दर बढ्न थालेको छ । पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको नयाँ संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाहिरबाट आएकाहरूमा बढी पोजेटिभ संक्रमण देखिएको चिकित्सकको भनाइ छ ।
दिल्लीमा मंगलबार थप १९ संक्रमित फेला परेका छन् । दिल्लीमा कोभिड १९ संक्रमण दर फैलिन थालेपछि दिल्ली सरकारले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
दिल्ली सरकारले संक्रमण दर फैलिन नदिन सबै सावधानी अपनाइरहेको जनाएको छ । दिल्लीमा पछिल्लो समय कोभिड संक्रमण दर ०.४४ प्रतिशत भएपनि संक्रमण बढ्दै गएकाले सावधान हुनुपर्ने बताएको छ ।
विदेशबाट दिल्ली आएका कुल १ हजार ७८० जनाको चेकजाँच जर्दा ३९ जना पोजेटिभ भेटिएको दिल्ली सरकारले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ । दिल्ली एयरपोर्टमा गरिएको चेकजाँचमा म्यानमारबाट आएका चार जनामा कोभिड संक्रमण भेटिएको सञ्चार माध्यमले जनाएका छन् ।