२०८३ बैशाख १० गते , विहीबार
उडिरहेको जहाजभित्र नै यात्रुबीच कुटाकुट
थाइल्यान्डको बैंककबाट भारतको कोलकाता उडान भरेको विमानमा भारतीय यात्रुबीच विमानभित्रै कुटाकुट भएका दृश्यहरू समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन । एउटै सिटमा बसेर यात्रा गरिरहेका स्वमाइल एयरवेजका यात्रुमध्ये एकले अर्कोलाई शान्त रहन र सिटबाट हात तल झार्न भनेपछि ती अर्का यात्रुले हात छोडेसँगै उनीहरुबिच विवाद हुँदै कुटाकुट भएको हो ।
उनीहरू कुटाकुटमा उत्रिएपछि विमानका एयर होस्टेजले ती यात्रुहरूलाई सिटमा बस्न र झगडा नगर्न आग्रह गरे पनि नमानेपछि विमानका अन्य यात्रुहरूले आपत्ति जनाएपछि भने उनीहरू केही शान्त देखिएका थिए । तर विमान कोलकतामा अवतरण गरे लगत्तै झगडा गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको अन्तराष्ट्रि समाचार एजेन्सीहरूले जनाएका छन् ।