२०८३ बैशाख १० गते , विहीबार

पटाका बनाउने घरमा विस्फोट, व्यापारीसहित उनका श्रीमती र आमाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ पौष १६ गते , शनिबार
पटाका बनाउने घरमा विस्फोट, व्यापारीसहित उनका श्रीमती र आमाको मृत्यु

तमिलनाडु । भारतको तमिलनाडुको नामक्कलमा पटाका बनाउने घरमा विस्फोट हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। घटनामा हन्य पाँच जना जलेर गम्भीर घाइते भएका छन्। 

नयाँ वर्षको अवसरमा पटाका व्यपारीसमेत रहेका थिल्लईकुमारले घरमा पटाका उत्पादन गरेर भण्डारणसमेत गरेका थिए। शनिबार राति एक्कासि आगलागी हुँदा घरमा थुपारिएको पटाका विस्फोटमा परिणत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

पटाका विस्फोट भएर लागलागी हुँदा व्यापारी थिल्लईकुमारसहित उनका श्रीमती र आमाको समेत मृत्यु भएको हो। एक जना छिमेकीको पनि मृत्यु भएको भारतीय मिडियाले जनाएको छ। 

पटाका विस्फोटबाट आसपासका घरमा पनि क्षति पुगेको बताइएको छ। आगलागीको कारण भने नखुलेको स्थानीय प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार