२०८३ बैशाख १० गते , विहीबार

नयाँ वर्षको उत्सव मनाउँदा भागदौड, कम्तीमा नौ जनाको मृत्यु 

sajilo news
एजेन्सी
२०७९ पौष १८ गते , सोमबार
नयाँ वर्षको उत्सव मनाउँदा भागदौड, कम्तीमा नौ जनाको मृत्यु 

कम्पाला । युगान्डाको राजधानीमा आइतबार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड हुँदा ९ जनाको मृत्यु भएका र अन्य धेरै जना घाइते भएका प्रहरी प्रवक्ता लुक ओवोयेसिगियरले जाकारी दिए । घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याइएको थियो, जहाँ ९ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

मृत्यु हुनेमा नयाँ वर्षको अवसरमा हर्षोल्लास मनाउनेहरू रहेका प्रहरीले जनाएको छ । हतार र लापरबाहीले उक्त घटना भएको उनले बताए । कोभिड १९ महामारी र सुरक्षा मुद्दाहरूसँग सम्बन्धित प्रतिबन्धहरू पछि सन् २०२३ मा स्वागत गर्ने उत्सवहरू तीन वर्षमा पूर्वी अफ्रिकी देशमा पहिलो थियो ।

सम्बन्धित समाचार