२०८३ बैशाख १० गते , विहीबार

मेक्सिकोको जेलमा आक्रमण : १४ जनाको मृत्यु, २४ बन्दी फरार

sajilo news
एजेन्सी
२०७९ पौष १९ गते , मंगलबार
मेक्सिकोको जेलमा आक्रमण : १४ जनाको मृत्यु, २४ बन्दी फरार

मेक्सिको । बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा १४ जनाको ज्यान गएको  छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए। 

सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो। मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए।

जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए। सो आक्रमणमा परेर १३ जना घाइते भएका छन्। उनीहरुलाई अस्पताल पुर्‍याइएको छ।

त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन्। उनीहरुलाई प्रहरीले खोजी गरिरहे पनि भेट्न सकेका छैनन्।

त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ। जेलका अधिकारीहरुले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरुले हमला गरेका अनुमान गरेका छन्। अहिले सो जेलमा थप सुरक्षाकर्मी राखेर सुरक्षा दिइएको  छ।  

सम्बन्धित समाचार