२०८३ बैशाख १० गते , विहीबार

ड्रोन हमला गरेरै युक्रेनलाई सिध्याउने रूसको योजना छ : राष्ट्रपति जेलेन्स्की

sajilo news
एजेन्सी
२०७९ पौष १९ गते , मंगलबार
ड्रोन हमला गरेरै युक्रेनलाई सिध्याउने रूसको योजना छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफूहरूलाई निरूत्साहित पार्न लामो समयसम्म रूसले ड्रोन हमलाहरू गरिरहने योजना बनाएको दाबी गरेका छन् ।

इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले हमला थाल्ने विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेका हुन् ।

डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रुसी फौजको ज्यान जाने गरी गरेको एउटा हमलापछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको छ । युद्ध मैदानमा आफ्नोतर्फ क्षति भएको कुरा विरलै स्वीकार गर्ने गरेको रुसले पछिल्लो पटक आफ्ना ६३ जना फौज मारिएको जनाएको छ।

युक्रेनमाथि रुसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो क्रममा भइरहेको छ। मस्कोले पछिल्ला तीन रातमा युक्रेनभरि विभिन्न शहर तथा ऊर्जा केन्द्रमा हमला गर्दै आएको छ। 

सम्बन्धित समाचार