२०८३ बैशाख १४ गते , सोमबार

ब्राजिलीयन राष्ट्रपति लुलाविरुद्ध बोल्सोनारोनिकट समर्थकको विरोध प्रदर्शन 

sajilo news
एजेन्सी
२०७९ पौष २५ गते , सोमबार
ब्राजिलीयन राष्ट्रपति लुलाविरुद्ध बोल्सोनारोनिकट समर्थकको विरोध प्रदर्शन 

रियो दि जेनेरियो । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् ।

हरियो र पहेलो रंगको पोशाकमा उत्रेका बोल्सोनारोका समर्थकहरूले हालै निर्वाचित लुइज इनासियो लुला डा. सिल्भाले चुनावमा धाधली गरेको आरोप लगाउँदै निर्वाचन परिणाम मान्न तयार नभएको बताएका छन् ।

ब्राजिलमा गत अक्टोबर ३० मा भएको निर्वाचनमा दक्षिणपन्थी बहालवाला राष्ट्रपति बोल्सोनारोलाई हराउँदै वामपन्थी लुला तेस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

बोल्सोनारोले हालसम्म चुनावको परिणाम स्विकार गरेको छैन । प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा प्रहरीको घेरा तोड्दै देशका संवेदनशील क्षेत्रमा धावा बोलेका छन् । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका छन् । 

सम्बन्धित समाचार