२०८३ बैशाख १४ गते , सोमबार

युक्रेनको निप्रो सहर रुसी सेनाको मिसाइल आक्रमण, ३० जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ माघ २ गते , सोमबार
युक्रेनको निप्रो सहर रुसी सेनाको मिसाइल आक्रमण, ३० जनाको मृत्यु

युक्रेनको निप्रो सहरस्थित एक अपार्टमेन्टमा रुसी सेनाले गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको छ।  आक्रमणपछि अपार्टमेन्टबाट उद्धार गरिएकामध्ये ३० जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १२ जनाको अवस्था गम्भीर छ। यो अपार्टमेन्टमा अझै ३० देखि ४० जना हराइरहेको अधिकारीहरुले जनाएका छन्। 

उनीहरुको खोजी जारी रहेको र जिवितै निकाल्न सकिने सम्भावना न्यून रहेको निप्रो सहरका मेयर बोर्यस फिलाटोभले बताए। उनले मृत्यु हुनेको संख्या दर्जनौँ पुग्न सक्ने बताए। आपतकालीन उद्धारकर्ताहरुका अनुसार मध्ये–पूर्वी युक्रेनको निप्रो सहरमा रहेको उक्त नौ तले अपार्टमेन्टको भग्नावशेषभित्र मानिसहरु चिच्याएको सुनिएको बताएका छन्।  अत्यधिक चिसोका कारण उद्धारको कार्य प्रभावित भएको अधिकारीहरुले जनाएका छन्।

सम्बन्धित समाचार