२०८३ बैशाख ७ गते , सोमबार

मिस युनिभर्स बनिन् अमेरिकाकी आर बोनी गेब्रियल

sajilo news
एजेन्सी
२०७९ माघ २ गते , सोमबार
मिस युनिभर्स बनिन् अमेरिकाकी आर बोनी गेब्रियल

काठमाडौं । अमेरिकाकी आर बोनी गेब्रियलले ७१औं मिस युनिभर्सको उपाधि जितेकी छिन् । उनलाई अघिल्लो संस्करणकी विजेता भारतकी हरनाज सन्धुले ताज पहिराइएको थियो । फेसन डिजाइनरसमेत रहनुभएकी २८ वर्षीया ग्राबियल हृयुस्टन, टेक्ससकी बासिन्दा हुन ।

अमेरिकाको न्यू अर्लिन्स शहरमा भएको प्रतियोगितामा फष्ट र सेकेण्ड रनरअप क्रमशः भेनेजुएलाकी अमाण्डा डुडामेल र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज भइन्। यस प्रतियोगितामा विश्वभरबाट ८६ सुन्दरीहरूको सहभागिता रहेको थियो । जसमा नेपालबाट सोफिया भुजेलले प्रतियोगितामा भाग लिएकी थिइन् । भुजेलले अन्तिम १६ मा पनि स्थान बनाउन सकिनन् ।

सम्बन्धित समाचार