२०८३ बैशाख ३० गते , बुधबार

लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा जाँदै, प्रधान कानुन र पाण्डे सहरी मन्त्री 

sajilo news
झापा
२०७९ माघ ३ गते , मंगलबार
लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा जाँदै, प्रधान कानुन र पाण्डे सहरी मन्त्री 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएको छ । प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको जानकारी दिए । 
जसअनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । यस्तै ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएको श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार