२०८३ बैशाख ३० गते , बुधबार

माओवादी झापाको बैठक, जनताका समस्यामा हातेमालो गर्ने 

sajilo news
झापा
२०७९ माघ ३ गते , मंगलबार
माओवादी झापाको बैठक, जनताका समस्यामा हातेमालो गर्ने 

बाहुनडाँगी । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ ।

बैठकमा सहभागी नेताहरूले सङ्गठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपर्ने बताए ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य ९अग्नि०को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव राम कार्की, केन्द्रीय सदस्य झलकसिंह दर्लामी लगायतले विचार राखेका थिए ।

गत स्थानीय चुनावमा निर्वाचित भएका पार्टीका जनप्रतिनिधिलाई सम्मान गरिएको बैठकमा १५ वटै पालिकाका अध्यक्षहरूले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षहरूले प्रस्तुत गरेको प्रतिवेदनमा जनतासँग प्रत्यक्ष जोडिएका पालिकाका समस्या र सरोकारका विषयहरू उठान गरिएको माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरियाले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं १ कमिटीका सहायक इन्चार्ज सावित्रीकुमार काफ्ले ‘समर’, केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, केन्द्रीय सदस्य रञ्जित तामाङ, प्रदेश अध्यक्ष हर्क नेम्बाङ ‘मिक्सो’, उपाध्यक्ष विजय साम्पाङ, नेता हरिकुमार राना, प्रदेश सचिवालय सदस्य सिपी कडरिया, बोधराज दाहाल, पुरुषोत्तम चुँडाल, केन्द्रीय अनुशासन आयोगका पूर्णसिंह राजवंशी, वन्दना झाँगड ‘अनिशा’ लगायतको आतिथ्य रहेको थियो ।

माओवादी केन्द्रका जिल्ला सचिव मोहन टुडुले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर अध्यक्ष राजन चिमरिया स्वागत गरेका थिए । बैठकमा पार्टीका जिल्ला कमिटी सदस्य तथा जनवर्गीय सङ्गठनका संयोजकसहित करिब ५ सय जना सहभागी थिए । 

सम्बन्धित समाचार