२०८३ बैशाख १४ गते , सोमबार

अफगानिस्तानकी पूर्वसांसद नबिजादाको गोली हानी हत्या

sajilo news
एजेन्सी
२०७९ माघ ३ गते , मंगलबार
अफगानिस्तानकी पूर्वसांसद नबिजादाको गोली हानी हत्या

काबुल । अफगानिस्तानकी पूर्वसांसद मुर्सल नबिजादा र उनका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ । ३२ वर्षीया नबिजादा अगष्ट २०२१ मा तबिलान फर्किएपछि पनि देश नछाडेका महिला सांसदहरूमध्येकी एक हुन् । उनीमाथि आइतबार भएको आक्रमणमा उनका भाइ र अन्य सुरक्षाकर्मी पनि घाइते भएका थिए । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सुरक्षा बलले घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको बताए ।

पूर्वसांसद मरियम सुलेमानखिलले भने, ‘नबिजादा एक सच्चा मशालवाहक थिइन, एक बलियो, स्पष्टवक्ता महिला जो खतराको बाबजुद पनि आफ्नो विश्वासमा अडिग थिइन, उनले अफगानिस्तान छोड्ने मौका पाइन तर त्यहाँ बस्न रोजिन् ।’ नाबिजा सन् २०१८ मा पूर्वी प्रान्त दानानगरबाट संसदमा निर्वाचित भएकी थिइन्। उनी संसदीय रक्षा आयोगको सदस्य थिइन् र मानव संशाधन विकास संस्थानमा काम गरेकी थिइन् । एजेन्सी ।

सम्बन्धित समाचार