२०८३ बैशाख ३० गते , बुधबार

झापाबाट निर्वाचित एमालेका देवराज घिमिरे सभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार

sajilo news
झापा
२०७९ माघ ४ गते , बुधबार
झापाबाट निर्वाचित एमालेका देवराज घिमिरे सभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । सत्ता गठबन्धनको तर्फबाट घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमालेले जनाएको हो ।

झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन रहेको छ । यसअघि एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले सभामुखमा आकांक्षा राखेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागेका हुन् ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।

सम्बन्धित समाचार