२०८३ बैशाख ३० गते , बुधबार
झापा-३ मा अब स्वर्णिम युगको सुरुवात : उपप्रधानमन्त्री लिङ्देन
उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा स्वर्णिम युगको सुरुवात भएको बताएका छन् ।
उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका उनले अहिलेसम्म पछि परेको क्षेत्रमा विकासको युग सुरुवात भएको बताए । आइतबार कमलधामस्थित संयुक्त धार्मिकस्थलमा आयोजित २८५९ औं सोनाम ल्होछार कार्यक्रममा उनले यस क्षेत्रको विकासमा पूर्वाग्रह नराखी सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
हरेक वर्ष एक–एक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ‘ल्हो’ अर्थात् वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको बर्ष हो । पद्मछोयोलिङ गुम्बामा आयोजित कार्यक्रममा १ नं प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलालगायतले शुभकामना व्यक्त गरेका थिए ।