२०८३ बैशाख ७ गते , सोमबार

लोकदोहोरी गायक भीम पौडेलको निधन

sajilo news
झापा
२०७९ माघ १३ गते , शुक्रबार
लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुग्नुभएका स्याङ्जाका गायक पौडेलको बिहीबार राति करिब ११ः२० मा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनको मृत्युको कारण भने खुल्न बाँकी छ ।

गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उहाँका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ ।

स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले बताए । 

 

सम्बन्धित समाचार